पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको छ ।
आइतबार साँझ युवा समूहबीच भएको झडपपछि पछिल्लो सुरक्षा स्थितिलाई मध्यनजर गर्दै आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभइसम्मका लागि कर्फ्यु लगाइएको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको छ ।
यी चार किल्ला भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ लगायतका गतिविधि गर्न रोक लगाइएको छ ।
तर अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थीहरु, परीक्षा केन्द्रमा खटिने कर्मचारीहरु, पर्यटक सवार गाडीहरु र मानव अधिकार तथा कूटनीतिक नियोगका गाडीहरुलाई पनि सन्चालन अनुमति दिइएको छ ।
साथै हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवागमनमा पनि सुरक्षाकर्मीबाट सहजीकरण हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend