काठमाडौँ । रौतहटको सदरमुकाम क्षेत्र गौर आसपास दुई समुदायबीच उत्पन्न तनाव नियन्त्रण र दीर्घकालीन सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आइतबार बिहान स्थानीय प्रशासनको नेतृत्वमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
बैठकले शान्तिपूर्ण वातावरण सुदृढ बनाउन विभिन्न सहमति बुँदासहित सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार हाल उत्पन्न परिस्थितिप्रति सरोकारवाला पक्षले चिन्ता व्यक्त गर्दै सार्वजनिक रूपमा संयमता अपनाउन आग्रह गर्ने, समस्या समाधानका लागि स्थानीय तहका प्रतिनिधि तथा अगुवाहरूसँग समन्वय बढाउने र सुरक्षा निकायसँग सहकार्य गर्ने विषयमा सहमति जुटाइएको हो। सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न पनि बैठकले जोड दिएको छ।
बैठकबाट तय भएका प्रमुख निर्णयहरू निम्नानुसार छन्:
– सम्बन्धित क्षेत्रमा उत्पन्न विवादका क्रममा भएका घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति कायम राख्न सबै पक्षले संयुक्त अपिल गर्ने तथा कर्फ्यु लागू अवस्थाबीच सौहार्दपूर्ण वातावरण निर्माणमा सहयोग गर्ने।
– विवाद समाधानमा सहयोग पुग्ने दुवै पक्षका स्थानीय अगुवा तथा सम्मानित व्यक्तिहरूसँग जिल्ला सुरक्षा समितिले निरन्तर संवाद र आवश्यक बैठकमार्फत पहल गर्ने।
– बाह्य घटनालाई स्थानीय सन्दर्भसँग जोडेर सामाजिक सञ्जालमा भ्रामक प्रचार हुन नदिन सुरक्षा निकायलाई सहयोग गर्ने तथा आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउने।
– सद्भाव बिगार्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी जारी राख्ने, पक्राउ परेकाहरूको अनुसन्धान निष्कर्षका आधारमा ‘कानुनी कारबाही गर्ने र थप संलग्नता देखिएमा अन्य व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गर्ने।
– जिल्लामा धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले नागरिक समाजको अगुवाइमा सरोकारवाला सबैको सहभागितामा निर्धारित समयमा सद्भाव र्याली आयोजना गर्ने।
प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै समुदायलाई संयमित व्यवहार गर्न तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।
गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले नागरिकका समस्या, गुनासा र...
काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। बुधबार बसेको...
काठमाडौँ। सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले केसीलाई आईजीपी बनाउने निर्णय गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend