काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितमा काम गर्दा आफूमाथि चौतर्फी प्रहार र घेराबन्दी भएको बताएका छन् ।
झापामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले आफ्नो ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र कमिसनको लोभमा नलागेको दाबी गरेका हुन् ।
देशको विकास, राष्ट्रियता र स्वाधीनताको पक्षमा दृढ उभिएकै कारण आफूमाथि आक्रमण भइरहेको उनको दाबी छ । ओलीले आफ्नो नेतृत्वमा मिचिएको भूभाग फिर्ता ल्याउने, उत्तरी नाका खोल्ने र दक्षिणमा हुलाकी राजमार्ग निर्माण गरी मधेसको अर्थतन्त्र उकास्ने कार्य भएको स्मरण गराए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साहलाई लक्षित गर्दै एउटा पालिका समेत प्रभावकारी रूपमा नचलाउनेहरूलाई देश चलाउने जिम्मेवारी दिन नसकिने बताए ।
देश कुनै प्रयोगशाला वा मजाकको विषय नभएको भन्दै सफल र सक्षम शक्तिलाई छाडेर असफल तथा अज्ञात व्यक्तिलाई भोट दिने भाष्य निर्माण गर्न खोजिएकोप्रति असन्तुष्टि व्यक्त गरे । एमाले मात्रै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्न सक्षम पार्टी भएको दाबी गर्दै उनले एमाले रहुन्जेल यी कुरामा कुनै सम्झौता नहुने स्पष्ट पारे ।
एक–एक इन्च भूमिको रक्षा गर्ने प्रतिबद्धता जनाउँदै उनले एमालेलाई कायर वा कठपुतली पार्टी नभएको बताए । राणाकालदेखि लडेर देशलाई यहाँसम्म ल्याएको पार्टी कसैसँग डराएर पिठ्यूँ फर्काउने नहुने उनको भनाइ छ । उनले सुशासन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण र विकासको गतिलाई तीव्रता दिन एमालेको अभियान अघि बढाउनुपर्नेमा जोड दिए । साथै, पुर्खाहरूले हजारौँ वर्षमा विकास गरेका संस्कृति र संस्कारको रक्षा गर्दै समाजका विकृति र बेथितिलाई हटाउँदै जानुपर्ने बताए ।
कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाढीका कारण...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend