Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डले ओलीतिर लागेका बादलसहितका नेतालाई नफकाउने 


    शुक्रबार, फाल्गुन २८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामबहादुर थापा ‘बादल’हरुलाई नफकाउने बताएका छन् ।  

     प्रतिनिधिसभा र राष्ट्रियसभाका समेत माओवादीका ५ ससद ओलीतिर लागेका छन् । गृहमन्त्री थापा, उलर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशंकर चौधरी सांसद हुन् । थापा राष्ट्रियसभाका सांसद हुन् । अरु ४ जना प्रतिनिधिसभाका सांसद हुन् ।

    माओवादी केन्द्रमा नरहेको जानकारी दिनासाथ उनीहरुको सांसद पद नै जान्छ । सांसद पद नरहे पनि उनीहरु ओलीतिरै बस्ने निष्कर्षमा पुगिसकेका छन् । खानेपानी मन्त्री मणि थापा र युवा खेलकुद मन्त्री दावा लामा सांसद होइनन् । थापा स्थायी समिति सदस्य हुन् ।

     बुटवलमा शुक्रबार  अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले बादल र टोपबहादुरहरुलाई फकाउनतिर नलाग्ने बताएका छन् । विगतमा पार्टीबाट बिग्रिएका, भत्किएकाहरुलाई फकाएकोमा पश्चाताप गर्दै उनले बादलतर्फ संकेत गर्दै भने, त्यत्रो बदमासी गरेकालाई ल्याएर गृहमन्त्री बनाएकै हो । 

    प्रचण्डले बुटवलकै अर्को कार्यक्रममा भने ‘जन्मिएको बच्चालाई फेरि आमाको गर्भमा पुर्‍याइदिने काम सर्वोच्च अदालतले गरेको छ । यो परिघटनाले देशमा कुनै अनिष्ट हुँदैछ कि भन्ने आशंका उब्जाएको छ ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार