Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढ्यो, तोलाको कति पुग्यो ?


    आइतबार, फाल्गुन १० २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।

    आइतबार छापवाल सुन भाउ प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ तोकेको महासंघले जनाएको छ । अघिल्लो दिन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारबार भएको थियो ।

    यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

    चाँदीको भाउ तोलामै ३७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ४२५ रुपैयाँ पुगेको छ । यसअघि माघ १५ गते चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार