काठमाडौं । सरकारी पक्षसँग वार्तामा रहेको जनता समाजवादी पार्टीका नेताहरु एक्कासी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकोमा पुगेका छन् । सरकार पक्षसँग आज ४ बजे निर्णायक वार्ता गर्न लागेको जसपाका नेताहरु एकाएक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकन्ठमा पुगेका छन् ।
देउवा निवासमा पनि अपराह्न ४ बजे नै वार्ता हुँदैछ । जसपा नेताहरुले बिहीबारको वार्तामा एमालेसँग सरकारमा जानेबारेमा वार्ता सकारात्मक भएको र आज निर्णायक वार्ता हुने बताउँदैआएका छन् । तर आज देउवा निवासमा जसपा नेताहरु सरकार गठनकै बिषयमा कुराकानी गर्न जान लागेको छ ।
जसपाले एमाले वा कांग्रेसको नेतृत्वमा सरकारमा जाने भन्दा पनि आफ्नै नेतृत्वमा सरकारमा जाने बिषयलाई जोड दिन थालेको छ । १७४ सीट कम्युनिष्टको हुँदा पनि प्रधानमन्त्री केपी ओलीको दम्भले ३४ सिटको जसपाले सरकार बनाउने परिस्थिति विकास भएको छ । जसपाका शीर्षनेताहरु आफ्नै नेतृत्वमा सरकार गठनका बिषयमा छलफलमा जुटेका छन् । जसपाका नेता केशव झाले अहिलेको राजनीतिक निकासका लागि जसपाको नेतृत्वमा सरकार गठन हुनुपर्छ । जुन सरकारमा कांग्रेस, माओवादी मात्र होइन, एमाले पनि आउनुपर्छ ।
ओलीले आफू प्रधानमन्त्री हुनमात्र माओवादी केन्द्रसँग एकता गरेको खुलिसकेको छ । उनकै कारण कम्युनिष्टहरु विभाजित भएर ३६ सिटको जसपाले सरकारको नेतृत्व पाउने अवस्था निम्तिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे हुने भेटमा सरकार गठनबारे छलफल हुने बताइएको छ ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend