काठमाडौं । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामवीर मानन्धरसहित चार जना नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
काठमाडौंमा आयोजित गगन कुमार थापासँगको प्रतिज्ञापत्र सम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रममा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।
पूर्वमन्त्री मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन् । यसअघि २०४९ सालमा उनले काठमाडौं वडा नं. १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
मानन्धरसँगै कांग्रेस प्रवेश गर्नेमा दीपक केसी, रसुवा एमालेका पूर्वअध्यक्ष जनार्दन ढकाल र काठमाडौं-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारका आकांक्षी प्रणयशम्शेर राणा रहेका छन् ।
राणा २०७९ सालमा कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका थिए । सोही वर्ष उनी रास्वपाबाट काठमाडौं- ५ मा उम्मेदवार बनेका थिए ।
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६...
कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाढीका कारण...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend