Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको ओलीको आरोप


    बिहिबार, फाल्गुन ७ २०८२
    325
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिले दोबाटोमा उभिएको टिप्पणी गरेका छन् ।

    राजधानीमा आसन्न निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले भत्काउने र बनाउने दुई सोचबीच द्वन्द्व जारी रहेको बताएका हुन् ।

    ‘आज देश यस्तो दोबाटोमा उभिएको छ । जहाँ एकातिर आवेग र आक्रोश छ । अर्कोतिर विवेक र जिम्मेवारी छ,’ ओलीले भनेका छन्, ‘भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ ।’

    यतिबेला देश प्रश्नैप्रश्नको घेरामा भएको ओलीको भनाइ छ । ‘निर्वाचनको केही साताअघि हाम्रा प्रतिबद्धता घोषणा गरिरहँदा यस्तो लाग्छ सिंगो समाज प्रश्नै प्रश्नहरूको घेरामा छ,’ ओलीले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार