Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीलाई भेट्दै जसपाका पाँच नेता


    बिहिबार, फाल्गुन २७ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा) का पाँच नेताहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् । बदलिँदो राजनीतिक परिस्थितिमा संसदको अंक गणितमा निर्णायक रहेको जनता समाजवादी पार्टीका पाँच शीर्ष नेताहरु आज साँझ प्रधानमन्त्रीलाई भेट्न बालुवाटारपुगेका छन् । 

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार छलफलका लागि जसपाका प्रमुख पाँच नेताहरुलाई बालुवाटार बोलाइएको हो।थापाका अनुसार छलफलमा डा. बाबुराम भट्टराई , उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र अशोक राई बालुवाटार पुगेका हुन् ।

    जसपाका नेता केशव झाले भने ‘हाम्रा माग र मुद्दाबारेमा छलफल गर्न शीर्ष पाँच नेता प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाँदै हुनुहुन्छ । वर्तमान परिस्थितिको बारेमा पनि छलफल हुन्छ ,आजको बैठकले अन्य दलका नेताहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीसँग छलफल गरेपछि शेरबहादुर देउवा र प्रचण्डसँग पनि वार्ता गर्ने तय भएको छ ।’

    यसअघि वार्ता टोली बनाउने भनिएकोमा अब भने शीर्ष पाँच नेताले नै अन्य राजनीतिक दलका नेताहरूसँग सत्ता समीकरणबारे कुरा गर्ने निर्णय भएको झाले जानकारी दिएका छन् । त्यस्तै, जसपाले संसदीय दलको शुक्रबार बैठक बोलाएको छ । जसपा संसदीय दलको विधान पारित गर्दै दलको नेता चयन गर्नका लागि बैठक बोलाइएको झाले बताए ।

    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूले उठाएको एजेण्डा पूरा भएपछि मात्रै सत्ता समीकरणबारे छलफल हुने जानकारी दिएका छन् । बिहीबार जसपा नेपालको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले आफूहरुका नेता, कार्यकर्ताको मुद्दा फिर्ता तथा जेलमा रहेका नेताहरुको रिहाइ गर्ने माग पुरा भए मात्रै सत्ता समस्करणका विषयमा छलफल गर्ने बताएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार