Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • कंगोमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली


    मंगलबार, फाल्गुन ५ २०८२
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा युनाइटेड नेसन अर्गनाइजेसन स्ट्याबिलाइजेसन मिसन इन द रिपब्लिक कंगो ९मोनुस्को० मा कार्यरत नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ।

    त्यहाँ कार्यरत श्री चण्डीदल गण (शान्ति सेना) ३१औँ डफ्फालाई बदली गर्नको लागि श्री रुद्रध्वज गण (शान्ति सेना) ३२औँ डफ्फाका २३८ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली फागुन ४ गते मिसन इलाकातर्फ प्रस्थान गरेको छ।

    उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २३६ जना नेपाली शान्ति सैनिकहरू हिजै स्वदेश फिर्ता भएका छन्।

    हाल उक्त मिसनमा नेपाली सेनाका ९६९ जना शान्ति सैनिकहरु कार्यरत छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार