काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले आर्थिक, रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी प्राथमिकता समेटिएको सार प्रस्तुत गरेको जनाएको छ ।
सार्वजनिक विवरणअनुसार पार्टीले वार्षिक नौ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरेको छ । त्यस्तै राष्ट्रिय अर्थतन्त्र विस्तारतर्फ सन् २०३० सम्म कुल गार्हस्थ्य उत्पादन (जिडिपी) करिब ७० अर्ब अमेरिकी डलर र सन् २०३५ सम्म झण्डै १११ अर्ब अमेरिकी डलरसम्म पुर्याउने उद्देश्य उल्लेख गरिएको छ ।
आयस्तर वृद्धितर्फ सन् २०३५ सम्म प्रतिव्यक्ति आय करिब चार हजार अमेरिकी डलरसम्म पुर्याउने प्रतिबद्धता पनि जनाइएको छ । खेल क्षेत्रको प्रोत्साहनका लागि पदक विजेता राष्ट्रिय खेलाडीलाई मासिक २५ हजार रुपैयाँ तथा अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गर्ने खेलाडीलाई मासिक ६० हजार रुपैयाँ पेन्सन उपलब्ध गराउने योजना समेत समेटिएको पार्टीले जनाएको छ ।
&https://drive.google.com/file/d/1kcuv7dJQsC-FiDMMq71B87Haa5V1UpRq/view?usp=drivesdk
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल...
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६...
कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाढीका कारण...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend