काठमाडौँ। भारत जारी आइसीसी टी–२०विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली सुपर ८ दौडबाट बाहिरिएको छ।
आइतबार भएको समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल सुपर ८ दौडबाट बाहिरिएको हो। जारी विश्वकपमा सुपर ८ दौडबाट बाहिरिने नेपाल दोस्रो टोली बनेको छ। नेपाल समूह सीमा रहेको छ।
यसअघि समूह बी बाट ओमान सुपर ८ दौडबाट बाहिरिसकेको छ।
नेपाललाई हराएपछि वेस्ट इन्डिज भने एक खेल अगावै सुपर ८ मा पुगेको छ। जारी विश्वकपमा सुपर ८ मा पुग्ने वेस्ट इन्डिज पहिलो टोली बनेको छ।
समूह सी मा रहेको वेस्ट इन्डिज तीन खेलमा अपराजित रहेर ६ अंकमा तालिकाको शीर्ष स्थानमा रहँदै सुपर ८ मा पुगेको हो। समूह बी बाट अब इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली सुपर ८ को दौडमा छन्।
नेपालले दिएको १ सय १ सय ३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५।२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।
वेस्ट इन्डिजका ओपनर ब्राण्डोन किंग २२ रनमा नन्दन यादवको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। कप्तान साइ होप ६१ र सिमरोन हेटमायर ४६ रनमा अविजित रहे।
त्यसअघि मुम्बइको वानखेडे स्टेडियममा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोे नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रनको योगफल तयार पारेको थियो।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend