काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा नेपालले लगातार दोस्रो खेलमा पराजय भोग्दा इटालीले भने ऐतिहासिक जित निकालेको छ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार इटालीले नेपालमाथि १० विकेटको ऐतिहासिक जित निकालेको हो।
टी९२० विश्वकपमा यो नेपालको अहिलेसम्मकै ठूलो हार हो। यसअघि नेपालले विश्वकपको खेलमा कहिल्यै १० विकेटले हार ब्यहोरेको थिएन।
पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गरेको इटालीले पहिलो जित निकालेको हो। यसअघि उसले पहिलो खेलमा स्कटल्यान्डसँग पराजय भोगेको थियो।
नेपाल भने समूहमा लगातार दुई खेलमा पराजित भएसँगै समूह चरणबाट बाहिरिने सँघारमा पुगेको छ। अब नेपालले आइतबार वेस्ट इन्डिज र मंगलबार स्कटल्यान्डससँग खेल्दै छ। यी दुवै खेल जिते पनि नेपालको हातमा सुपर-८ पुग्ने समीकरण हुने छैन।
नेपालमाथि सहज जित निकाल्ने क्रममा इटालीले १२४ रनको लक्ष्य १२.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो। उसले ४४ बल खेल्न बाँकी छदा लक्ष्य पूरा गरेको हो।
इटालीका लागि जस्टिन मोस्काले नटआउट ६० रन र एन्थोनी मोस्काले नटआउट ६२ रन बनाए। जस्टिनले ४४ बलमा ५ चौका र ३ छक्का तथा एन्थोनीले ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए।
उसका लागि मोस्का दाजुभाइले उत्कृष्ट ब्याटिङ गरे। नेपाली ब्याटरले संघर्ष गरेको पिचमा उनीहरूकै सजिलै रन प्रहार गरेका थिए।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend