काठमाडौं । नेकपा माओवादीको कोटामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका लेखराज भट्ट केपी ओलीतिरै लाग्ने भएका छन् । उनले आफू नेकपा माओवादी केन्द्रमा नफर्कने संकेत गरेका छन् ।
बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा पत्रकारहरुसँगको कुराकानीमा भट्टले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि आफू पार्टीमा फर्कने सम्भावना न्यून रहेको बताएका हुन् ।
सांसद पद गए पनि एमालेमै रहनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले भने, ‘समर्थन फिर्ता लिए पनि फर्कने सम्भावना मैले देख्दिँन । सांसद पदका बारेमा पछि पनि छलफल गर्दैछौं । कानुनी प्रक्रियाको अध्ययनपछि निष्कर्ष निकाल्छौं ।’
माओवादी कोटाबाट ओलीको सरकारमा उद्योग मन्त्री लेखराज भट्ट, श्रम मन्त्री गौरीशंकर चौधरी, सहरी विकास मन्त्री प्रभु साह र ऊर्जा मन्त्री टोपबहादुर रायमाझी प्रतिनिधिसभाका प्रत्यक्ष जितेका सांसद हुन् । युवा तथा खेलकुद मन्त्री दावा लामा प्रदेश सभा सदस्यमा पराजीत भएका हुन् भने खानेपानी मन्त्री मणि थापा सांसद नै होइनन् ।
गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्य हुन्् । उनलाई एमालेले उपाध्यक्ष बनाउने तयारी गरेको छ ।
उनीहरु माओवादी केन्द्रमा नफर्र्किएमा सांसद पद नै चट् हुन्छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend