Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    आइतबार, माघ २५ २०८२
    560
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा साढे ९ हजार रुपैयाले बढेको हो।

    गएको सता बिहीबार तोलामा ९ हजार ५ सय र शुक्रबार ४ हजार २ सय रुपैयाँले घटेको सुन आज फेरि महासंघले जनाएको छ।

    आज छापवाल सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    आइतबार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ निर्धारण भएको छ ।

    शुक्रबार चाँदी ४ हजार ७ सय १० रुपैयाँ थियो । बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार