Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बालेनसँगै पदमुक्त भएका सहरी योजना आयोगका पदाधिकारी नियमित महानगरमा हाजिर


    बुधबार, माघ २१ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । मेयर बालेन्द्र साहको राजीनामासँगै पदमुक्त भएका काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष, सदस्य विज्ञ र सहायक विज्ञ नियमित रुपमा हाजिर हुँदै कामकाज गरिरहेका छन् ।

    बालेनले माघ ४ गते राजीनामा दिएसँगै स्वतः पदमुक्त भएका सहरी योजना आयोगका उपाध्यक्षदेखि सदस्यसम्म दैनिक महानगरपालिकामा आइरहेका छन् । सहरी योजना आयोगका उपाध्यक्षदेखि सदस्य र विज्ञको संख्या करिब २५ जना छन् । तीमध्ये एकाधले राजीनामा दिए पनि अरु सबै महानगरमा दैनिक आउने गरेका छन् ।

    सहरी योजना आयोगको अध्यक्ष मेयर हुने कानुनी व्यवस्था छ । मेयर साहले राजीनामा दिएपछि सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीसहितका विज्ञहरु स्वतः पदमुक्त हुनुपर्नेमा भएका छैनन् । उनीहरु उनीहरु नियमित रुपमा हाजिर भई कामकाज गर्दैआएका छन् ।

    आयोगमा बालेनको राजीनामापछि मेयर भएकी सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं आमन्त्रित सदस्य रहने व्यवस्था छ । सदस्यहरूमा कार्यपालिकाबाट नियुक्त एकजना, प्रमुखबाट नियुक्त कम्तीमा दुईजना महिलासहित नौ जना सदस्य र सहरी योजना आयोग सचिवालयका एकजना सचिव रहने व्यवस्था छ । सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यविधि ऐन २०७५ मा यस्तो ब्यवस्था छ ।

    मेयर साहले राजीनामा दिएसँगै कामपाभित्र हरेक विभागको जिम्मेवारी लिएर बसेका सहायक विज्ञ पदमुक्त हुने व्यवस्था छ । ऐनको दफा ११ को ‘क’ मा प्रमुख आफ्नो पदबाट पदमुक्त भएमा उपाध्यक्ष पदमुक्त हुने व्यवस्था छ । उपाध्यक्ष सुमननरसिंह राजभण्डारीले आफू कानुनी रूपमा दोस्रोपटक पुनः उपाध्यक्षमा फर्किएको कारण राजीनामा दिन नपर्ने भन्दै पदमा टाँसिइरहेका छन् । ऐनमा स्पष्ट लेखिएको अवस्थामा उनको पद स्वतः रिक्त हुने महानगरका एक अधिकारी बताउँछन् ।

    ऐनको परिच्छेद–५ को दफा १७ मा प्रमुख आफ्नो पदबाट पदमुक्त भएमा सहायक विज्ञको स्वतः पदमुक्त हुने उल्लेख छ । महानगरपालिकाका अधिकारी भन्छन्, माघ ४ गतेबाटै विज्ञ र आयोगका पदाधिकारी पदमुक्त हुनुपर्ने हो । तर उनीहरु दैनिक महानगरमा आएर काम गरिरहेका छन् । पुससम्मको तलव सुविधा लिएका उनीहरुले त्यसपछिको सुबिधा लिएमा त्यो कानुनसम्मत नहुने महानगर स्रोत बताउँछ ।

    माघ ४ बाट स्वतः पदमुक्त भएर पनि नियमित काममा आउनेहरुमा सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारी, विज्ञ सदस्यहरू डा. सुरजराज काफ्ले, बाबुराम भट्टराई, सरस्वती मानन्धर, प्रसुनरत्न बज्राचार्य, सुरज शाक्य र सुमन प्रधानको पदमुक्त हुनेछ ।

    त्यस्तै, सहायक विज्ञहरू कार्यरत शोभना राजभण्डारी, रजिता शाक्य, सन्तोष पाण्डे, पुरुषोत्तम महत, प्रतिक्षा राई, विवेक बाँस्तोला, आनन्द मानन्धर, रोहितकृष्ण मानन्धर, प्रतीक श्रेष्ठ, राजु व्यञ्जनकार, अनुकूल निधि, सस्मित पोखरेल, सुरेन्द्र बजगाईं, सोनी भट्टराई पनि पदमुक्त हुनुपर्ने हो ।

    आयोगमा कार्यरत विज्ञ सदस्य र सहायकविज्ञले छैटौंदेखि आठौं तहको सुविधा उपलब्ध गर्नेगरी नियुक्ति दिएको थियो । सस्मित पोखरेल रास्वपबाट काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार