Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ तोलाकै ३ लाख ३९ हजार नाघ्यो


    बिहिबार, माघ १५ २०८२
    595
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउले दिनहुँ नयाँ रेकर्ड राख्ने क्रम जारी छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको हो।

    आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै सर्वाधिक हो ।

    हिजो बुधबार सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै चाँदीको मूल्य आज पनि बढेको छ । बुधबार चाँदीको भाउ २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार