Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्चको फैसलाः इश्वर पोखरेलको नैतिक जीत, महासचिवमा पनि पुनर्बहाली


    सोमबार, फाल्गुन २४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले ब्यूँतिदा सबैभन्दा ठूलो फाइदा इश्वर पोखरेललाई भएको छ । पोखरेल एमालेको महासचिवमा पुनर्वहाली भएका छन् ।

    नेकपा माओवादीसँग एकता भएपछि पोखरेलको महासचिव पद गुमेको थियो । एकता प्रक्रियामा  बिष्णुप्रसाद पौडेललाई नेकपाको महासचिव बनाएपछि पोखरेल सचिवालय सदस्यमा खुम्चिन पुगेका थिए ।

    महासचिव पद गुम्ने भएपछि पोखरेल एकताको बिरोधमा अभिब्यक्ति दिंदै हिंडेका थिए । तर केपी शर्मा ओलीलाई ५ बर्ष प्रधानमन्त्री हुने सत्ताको भोक जागेकाले इश्वर पोखरेललाई अपमान गर्दै पौडेललाई महासचिव बनाइएको थियो । 
    सर्वाेच्चको आइतबारको फैसलापछि सुरुदेखि एकताको बिरोधमा देखिएका पोखरेलको नैतिक जीत मात्र भएको छैन, उनको गुमेको महासचिव पद पनि प्राप्त भएको छ ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार