Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फागुन २६ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित


    आइतबार, फाल्गुन २३ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले नेकपाको एकतालाई खारेज गर्दै साविककै एमाले र माओवादीलाई ब्यूँताएपछिको विकसित राजनीतिक घटनाक्रमका कारण प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी ओलीबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड–नेपाल समूहको तयारी थियो । तर सर्वोच्चको फैसलापछि अविश्वास प्रस्ताव तयारी तुहिन पुगेको छ ।

    प्रमुख विपक्षी नेपाली कांग्रेस, नेकपा (प्रचण्ड–माधव) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । संसद् सचिवालयका अनुसार अर्को बैठक २६ गते दिउँसो १ बजे बस्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार