Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज ५ हजार २ सयले बढ्यो सुनको भाउ, तोलाको कतिमा हुदैछ कारोबार ?


    सोमबार, माघ १२ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिनमा सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको हो। आज कायम मूल्य हालसम्मकै उच्च हो ।

    सोमबार सुनको भाउ बढेर तोलाकै ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि आइतबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ रहेको थियो।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको विनिमय दरमा उतारचढाव तथा भू–राजनीतिक अस्थिरताका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भएको जनाइएको छ।

    यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ तथा १० ग्राममा ५ हजार ८ सय रुपैयाँ कायम गरिएको छ। हिजो चाँदीको मूल्य तोलामा ६ हजार ४ सय ८० रुपैयाँ रहेको थियो।ढय

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार