काठमाडौं। नेकपा ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा सकिएको छ । बैठकमा बहुमत सांसद उपस्थित भएको ओली समूहको दावी रहेको छ । भाली बस्ने प्रतिनिधिसभा बैठक अघि तय भएको उक्त बैठक प्रतिनिधिसभा बैठकका रणनीति तय गर्नमा केन्द्रित भएको छ ।
बैठक संसदीय दलको कार्यालयमा नबसी बालुवाटार बसेको थियो । संसदीय दलको बैठकमा ११५ सांसद उपस्थित भएको ओली समूहको दाबी छ। । शुक्रबार नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा १११ सांसद उपस्थित भएको र अन्य चार जना विशेष कारणले काठमाडौं बाहिर भएको प्रचण्ड–नेपाल समूहको दावी छ ।
ओली समूहको आजको बैठकमा पत्रकारलाई पनि भित्र जान रोक लगाइएको थियो ।बैठकमा वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा उपस्थित थिएनन्। उनीहरू प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकमा पनि सहभागी थिएनन्।
गत पुस ५ मा विघटन भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापना गरेपछि पुनर्स्थापित प्रतिनिधिसभाको बैठक भोली २३ गते लागि आह्वान गरिएको छ ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई खेमामा बिभाजित भएको छ ।
एउटा पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्व प्रचण्ड–नेपालले गरिरहेका छन् । अहिलेसम्म निर्वाचन आयोगले पार्टी टुंगो नलाउँदा नयाँ सरकार निर्माणको विषय थप जटिल बन्दै गएको छ । प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षमा १११ सांसदहरूले हस्ताक्षर गरिसकेको दाबी गरेकोछ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend