Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • डडेलधुराबाट नैनसिंह महर कांग्रेसका उम्मेदवार, शेरबहादुर देउवा चुनाव नलड्ने


    मंगलबार, माघ ६ २०८२
    675
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले चुनाव नलड्ने घोषणा गरिसकेपछि सो पार्टीबाट डडेलधुरामा नैनसिंह महरले टिकट पाएका छन् । देउवा उम्मेदवार नहुने भएपछि नेविसंघका पूर्व अध्यक्ष नयनसिंह महर उम्मेदवार बन्ने भएका छन् ।

    पूर्वसभापति तथा डडेल्धुराबाट निरन्तर निर्वाचित हुँदै आएका शेरबहादुर देउवाले यसपटक निर्वाचन नलड्ने घोषणा गरेसँगै कांग्रेसले महरलाई अघि सारेको हो ।

    देउवाको राजनीतिबाट अलग हुने निर्णयसँगै डडेल्धुरामा कांग्रेसको पुस्तान्तरण सुरु भएको रूपमा यसलाई हेरिएको छ ।

    यद्यपि, कांग्रेसको समग्र टिकट वितरणको औपचारिक टुंगो अझै लागिसकेको छैन । उम्मेदवार छनोटका लागि पार्टी संसदीय बोर्डको बैठक अहिले पनि जारी रहेको छ ।

    डडेल्धुरासहित अन्य निर्वाचन क्षेत्रका उम्मेदवारबारे अन्तिम निर्णय बैठक सम्पन्न भएपछि सार्वजनिक गरिने बताइएको छ ।

    देउवा पत्नी आरजु राणालाई पनि कांग्रेसले टिकट दिएको छैन । उनले कैलाली(५ बाट चुनाव लड्ने चर्चा थियो । तर कैलाली(५ मा कांग्रेसले नरनारायण शाहलाई टिकट दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार