Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यो अवस्थामा प्रधानमन्त्री हुने चाहना छैन: शेरबहादुर देउवा


    शनिबार, फाल्गुन २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका सभापति  तथा पमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले आफूलाई  प्रधानमन्त्री बन्ने चाहाना नरहेको बताएका छन् । आज  नेबिसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तक विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले  आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका हुन् । 

    अघिल्ला कार्यक्रमहरुमा सभापति देउवाले प्रधानमन्त्रीको जिम्मेवारी आइपरे पछि नहट्ने बताएका थिए । यस्तै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकोले कांग्रेस सडकमा प्रस्तुत नभएको पनि उनले दाबी गरे । उनले भने, ‘प्रतिनिधिसभा विघटनको गैरसंवैधानिक कदमको अदालतमा विचाराधीन मुद्दा भएकाले सडकमा जानु हुँदैन, अदालतलाई प्रेसर गर्न, धम्क्याउन हुँदैन भन्ने हाम्रो मान्यता हो । यसकारण भोलि संसदीय व्यवस्था नै चल्दैन ।’

    प्रमुख प्रतिपक्ष दल  कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता गरिने अविश्वासको पक्षमा उभिने–नउभिने भन्ने विषयमा तत्काल निर्णय नगर्ने भएको छ । नेकपा ओली र दाहाल–नेपाल समूह आइतबारबाट हुने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुन्छन्, त्यहीअनुसार रणनीति तय गर्ने कांग्रेसको योजना छ । 

    व्यावहारिक रूपमा नेकपा दुई समूह प्रचण्ड नेपाल समूह  र ओली समूह विभाजित भए पनि पार्टी विभाजन औपचारिक रूपमा नभएकाले कांग्रेसले ‘पर्ख र हेर’ को रणनीति अपनाएको हो ।नेपनल कम्युष्टि पार्टी ओली समूह र प्रचण्ड नेपनल समूहले  देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि कांग्रेसका अधिकांश सांसदहरुले अहिले सरकारमा जान नहुने बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार