काठमाडौं । बिद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले तीन बुँदे सहमति इमान्दारीपूर्वक पलाना गर्ने बताएका छन् । बिप्लवले सम्बोधनका क्रममा भने–सरकार र आफूहरुबीच भएको सहमति नेकपा र सरकारबीचको मात्र होइन, त्यो भित्र महान आकांक्षा छ, नेपाल देशलाई स्वाधिन बनाउने चाहना छ । विप्लवले मुलुकको भविष्यको फैसला गर्न जनमत संग्रहमा जानुपर्ने धारणा पनि राखेका सबोधनका क्रममा राखेका छन् ।
सहिदको सपना र जनताको चाहना पूरा गर्न आफूहरु शान्तिपूर्ण राजनीतिमा फर्किएको उनले बताएका छन् ।सरकारसँग भएको सहमतिलाई उनले कर्णालीतिर गाइने गीतको स्मरण गर्दै ‘घाम र जूनको भेट’ सँग तुलना गर्दै भने, अनेक अनुमान गरेका छन् तर यो सहमति घाम र जूनको भेट जस्तै हो । त्यो सम्भव बनाएर हामी देखाउँछौँ ।’
विप्लवले सरकार र आफ्नो पार्टीबीचको वार्ता एक सहमति मात्रै नभएर समृद्ध नेपाल बनाउने सिंगो सपना भएको बताए ।
आजसम्म धेरैका इच्छा पूरा भए, तर नेपालका जनताको चाहना पूरा भएको छैन । दुःख गरी खाने नेपालीको चाहना पूरा भएको छैन, उनले भने–शहीद परिवारलाई विश्वास दिलाऔं, बेपत्ता योद्धाहरुको कुरा सुन्नुपर्छ, घाइतेहरुको कुरा सुन्नुपर्छ ।
कम्युनिष्टहरु सधैं बिद्रोही हुन्छन् । तर शान्तिका दूत पनि कम्युनिष्ट नै हुन्छन्, विप्वलको भनाइ थियो ।
विप्लवले आफ््नो सम्बोधनका क्रममा आफ्नो पार्टीका डेढ सय कार्यकर्ता जेलमै रहेको बताए । उनले भने, केही छुटिसक्नुभयो, उहाँहरु पनि छुट्नुहुनेछ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend