काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा दाहाल–नेपाल समूहसँग भन्दा प्रधानमन्त्री केपी ओलीसँग सत्ता सहयात्रा गर्ने मार्ग खोजिरहेका छन् । ओलीसँग मिलेर महत्वपूर्ण मन्त्रालय लिने देउवाको योजना छ । पार्टीभित्र ओलीको संसद बिघटनको कदमलाई प्रतिगमन भनी आन्दोलन गर्ने र फेरि उनैसँग मिल्नु नहुने चर्को दबाब उनीमाथि छ ।
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका नेताहरु ओलीसँग मिल्नु नहुने पक्षमा खुलेर आएका छन् । तर देउवा भने पौडेल र सिटौला निकटहरुलाई पनि मन्त्रीको ललीपप देखाएर ओलीकै सरकारमा मुख्य मन्त्रालय लिएर सरकारमा जाने दाउमा छन् । प्रधानमन्त्री ओली पनि ठूला मन्त्रालय सबै कांग्रेसलाई दिएर भए पनि दाहाल–नेपाल समूहलाई देखाउने दाउमा छन् ।
नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार देउवाले ओलीकै नेतृत्वमा मुख्य मुख्य मन्त्रालय लिने गरी भित्रभित्रै तयारी गरेका छन् । गृह, अर्थ, शिक्षा जस्ता मन्त्रालयसहितका १३ वटा मन्त्रालय लिनेगरी ओली–देउवा गठबन्धनको प्रयास भइरहेको छ ।
ती केन्द्रीय सदस्यका अनुसार पौडेल पक्षका खम्बा प्रकाशमान सिंहलाई गृहमन्त्रीको लोभ देखाइसकिएको छ । देउवाले ओली सरकारको अर्थमन्त्रीमा ब्यापारी विनोद चौधरीलाई पठाउने र शिक्षामन्त्रीमा शैक्षिक माफिया उमेश श्रेष्ठलाई बनाउन खोजेका छन् । संचार डा. मिनेन्द्र रिजाल, रक्षामन्त्री बालकृष्ण खाँडलाई बनाउने गरी ओलीसँग सरकारमा जाने तयारमिा सभापति देउवा लागेका छन् ।
पछिल्लो समयमा देउवा निकट खाँड पनि ओलीसँग सरकारमा जानु नहुने पक्षमा थिए । त्यही भएर उनलाई पनि मन्त्री दिन लागिएको स्रोतको दाबी छ । बहादुरकृष्ण लामा लगायतका केही सांसदलाई राज्यमन्त्री बनाउने र ओलीसँगै सत्ता सहयात्रा गर्ने देउवाको रणनीतिले पौडेल–सिटौला पक्ष झस्किन पुगेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend