Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगले दियो गगन थापा पक्षलाई मान्यता, देउवा पक्षले नमान्ने


    शुक्रबार, माघ २ २०८२
    640
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले बिशेष महाधिवेशनबाट निर्वाचित भएका गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ ।

    राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगको आज बसेको बैठकले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।
    यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन थापा बनेका छन् ।

    शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष अब पार्टी र चुनाव चिह्नविहीन बनेको छ । २७–३० पुससम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो ।

    कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो भने शेरबहादुर देउवा पक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिएको थियो ।

    उता, नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई वैधता दिनेगरी निर्वाचन आयोगबाट भएको निर्णय आफूहरुलाई मान्य नरहेको बताएका छन् ।

    आयोगबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन पक्षधरलाई पार्टीको वैधानिकता दिने निर्णयविरुद्ध संघर्ष गर्ने बताएका हुन् ।

    आयोगले १४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवालाई एकपटक बोलाएर सोधखोज नगरी षड्यन्त्रपूर्ण निर्णय गरेको बताए । ‘एक पक्षले दाबी गरेको बारेमा नेपाली कांग्रेस १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति अहिले पनि यथावत छ ।

    निर्वाचन आयोगले एकपटक संस्थापनपक्ष सभापतिलाई एकपटक नबोलाइकन, निर्वाचन गर्ने प्रक्रिया बिरुद्ध निर्णय आएको छ । यसलाई आफूहरुले नमान्ने खड्काले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार