काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच वार्ता सम्पन्न भएको छ । वार्तामा तीन बुँदे सहमति भएको छ । बिहीबार सहमति भए पनि सहमतिको सबै ब्यहोरा शुक्रबार मात्र सार्वजनिक हुने बताइएको छ । विप्लवसँग सरकारको सहमतिबारे नेपाली कांग्रेसका युवानेता रामहरि खतिवडाले भने प्रधानमन्त्रीलाई अप्ठेरो परेको बेला सजिलो भएको छ ।
खतिवडाले भने–प्रधानमन्त्री केपी शर्मा ओलीको सिके राउत र नेत्रविक्रम चन्द(विप्लव) समूहसँग राम्रो सम्बन्ध रहेको कुरा रातारात वार्ता र सहमतिले देखाएको छ । सिके राउतकै झैं विप्लवसँग पनि रातारात वार्ता र सहमति भएको थियो । अहिले विप्लवसँग पनि त्यसैगरी वार्ता र सहमति भएको छ । यो उपलब्धी पनि हो ।
हामीलाई विप्लवहरु साँच्चिकै बिद्रोही नै हुन् कि जस्तो लागेको थियो । शान्तिप्रक्रियामा आए खुसीको कुरा हो, उनी भन्छन्, प्रधानमन्त्रीसँगको विगतदेखि नै राम्रो सम्बन्धका कारण नै यो सफलता प्राप्त भएको हो । उहाँलाई अप्ठेरो परेको बेला सहयोग गर्नेहरुलाई देशले पनि चिन्नुपर्छ ।
खतिवडा भन्छन््,देशलाई अप्ठेरो परेको बेला निकास दिन प्रधानमन्त्री सफल भएका हुन् कि बिप्लवसँग उहाँको राम्रो सम्बन्ध पहिलेदेखि नै भएकाले भएको हो, विश्लेषण भोलिका दिनमा गरौंला । खतिवडा विप्लवलाई वार्तामार्फत् शान्तिपूर्ण बाटोमा आएकोमा हार्दिक बधाइ दिन्छु । प्रधानमन्त्रीलाई अप्ठेरो परेको बेला झन् सजिलो बनाउने काम विप्लवहरुले गर्नुभयो । यसका लागि झन् धन्यवादका पात्र विप्लवजी हुनुभएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend