Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन


    बुधबार, फाल्गुन १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ।  सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबिच दुई चरणको वार्ता सम्पन्न भएको छ । आज बुधबार बिहान पहिलो चरणको  र दिउँसो दोस्रो चरणको  वार्ता सम्पन्न भएको हो । सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले  वार्ता विषय केन्द्रीत रहेको र दुवै पक्ष समान धारणा नजिक पुगेको जानकारी दिएका छन् । 

    वार्ताको बारेमा सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै उनले भनेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द ९विप्लव०ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’ वार्ता सकारात्मक निष्कर्षमा पुग्ने भट्टराईले उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार