विराटनगर । प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईबिरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफल चैत २ गतेका लागि सरेको छ । मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव टेबल नै हुनबाट रोक्न खोजेका थिए । बल्लबल्ल फागुन ९ मा पेश भएको प्रस्तावमाथिको छलफल बिहीबार हुने भनिएकोमा पुनः १२ दिन पर धकेलिएको छ ।
बैठक बस्ने एक दिनअघि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारेको छ । अविश्वास प्रस्ताव दर्ता भइसकेपछि मुख्यमन्त्री राईले नेकपा प्रचण्ड–माधव समूहमा लागेका प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी, जसमाया गजमेर, उषाकला राई लगायतलाई आफ्नो पक्षमा ल्याइसकेका छन् ।
मुख्यमन्त्री राईको तर्फबाट सांसदलाई आफ्नो प्रभावमा ल्याउनका लागि जे जस्तोसुकै प्रलोभन पनि दिने गरी भौतिक राज्यमन्त्री अम्बिर गुरुङलाई परिचालन गरिएको छ । गुरुङले ताप्लेजुङका प्रदेश सासद टंक आङबुहाङसँग पनि पटक पटक भेटेर मुख्यमन्त्री राईको पक्षमा खुलाउने प्रयास गरेका छन् ।
आङबुहाङ, पासाङ शेर्पासहितलाई प्रतिनिधिसभा पुनस्र्थापना फागुन १३ मा हुने अनुमानका साथ फागुन १२ मा प्रवेश गराउने तयारीमा अम्बिर गुरुङहरु थिए । तर प्रतिनिधिसभा पुनस्र्थापना भइसकेपछि फागुन १२ को कार्यक्रम स्थगित भएको छ । तर पनि अम्बिर गुरुङले टंकलाई प्रलोभन दिने कार्यलाई जारी राखेका छन् ।
विवादास्पद र धेरै ब्यक्तिको रकम लिएर पनि नतिरेका अम्बिर गुरुङ मुख्यमन्त्री राईका विश्वासपात्रका रुपमा सांसद तान्ने खेलमा लागेका छन् । उनले टंक आङबुहाङसहितका सांसदलाई लाजिम्पाटको सांग्रिला होटलमा बोलाएर भेट्ने र मन्त्री बनाउनेदेखि आवश्यकताको बारेमा सोधीखोजी गरी सबै ब्यव ब्यवस्थापन हुने आश्वासन दिने गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend