Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीबाट सुवास नेम्बाङलाई हटायो


    बुधबार, फाल्गुन १९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल नेपाल समूहबाट  सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गरेको छ ।
    आज १ बजे  पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले नेकपा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङलाई तीन दिनभित्र उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

    त्यस्तै केही दिनअघि नेकपा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट मुख्य सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईले केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय बैठकले गरेको छ ।

    त्यस्तै शहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, गोकुल बाँस्कोटा, शान्ता चौधरीलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार