Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तोलामा २१ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?


    शुक्रबार, पुष २५ २०८२
    565
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ। आज सुन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्यमा गिरावट आएको छ। आज चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहीबार प्रतितोला चाँदी ४ हजार ८३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार