ओम आचार्य
काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै कार्यक्रममा नबोलाइएको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिकाले जनाएको छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिकाले शुक्रबार एक विज्ञप्ति जारी गरी गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रममा नबोलाइएको बताएको हो ।
नेपालमा चर्चामा रहेको मन्त्री गुप्ताको अमेरिका भम्रण एनआरएनएको आयोजनामा हुन लागेको भन्ने बिषयमा जारी विज्ञप्तिमा उल्लेख छ– एनआरएनए अमेरिकाले कुनै कार्यक्रम आयोजना नगरेकोे र गुप्तालाई निमन्त्रणा दिइएकोक छैन । आफ्नो नाम, लोगो, इआईएन नम्बर तथा डिजिटल पहिचान दुरुपयोग गरी केही व्यक्ति वा समूहले अवैध तथा अनधिकृत गतिविधि सञ्चालन गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
एनआरएन अमेरिकाले जारी गरेको प्रेस विज्ञप्तिमै संघ संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको एक आधिकारिक संस्था भएको उल्लेख गर्दै, संस्थाको नाम र पहिचान प्रयोग गरी गरिने कुनै पनि अनधिकृत गतिविधिले गम्भीर कानुनी, आर्थिक तथा प्रतिष्ठागत जोखिम सिर्जना गर्ने बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ, एनआरएन अमेरिका को आधिकारिक जानकारी, स्वीकृति तथा निर्णय बिना कुनै पनि व्यक्ति वा समूहले संस्थाको नाम, ईआईएन नम्बर, वेबसाइट वा डिजिटल प्लेटफर्म प्रयोग गरी कार्यक्रम, आर्थिक संकलन वा अन्य गतिविधि सञ्चालन गर्नु गैरकानुनी हो र त्यसको पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति वा समूह स्वयं हुनेछन्।
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरिएको छैन, न त एनआरएन अमेरिकाले अमेरिकामा कुनै युवा सम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।
संस्थाका प्रवक्ता सन्देश उप्रेतीले जारी गरेको विज्ञप्तिमा विषयको गम्भीरतालाई मध्यनजर गर्दै यस्ता गैरकानुनी गतिविधिबारे अमेरिकी होमल्याण्ड सेकुरेटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक जानकारी गराइसकिएको संघले जनाएको छ ।
यसैबीच, मन्त्री गुप्ताले अमेरिका जानका लागि टिकटदेखि आवश्यक खर्चको लागि आयोजक खोजिरहेको समाचार पनि सार्वजनिक भएको छ । यसअघि मन्त्री गुप्ताले अमेरिकामा जाने आउने टिकटदेखि सबै खर्चको ब्यवस्थाकपन एनआरएनए अमेरिकाले नै ब्यहोर्ने बताएका थिए । भ्रमणको खर्चका लागि आयोजक खोजी गर्नु र अमेरिकाबाट एनआरएनले नबोलाएको र कार्यक्रम समेत आयोजना नगरेको प्रेस विज्ञप्ति आउनुले पनि मन्त्री गुप्ता झन् विवादमा परेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend