ओम आचार्य
काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै कार्यक्रममा नबोलाइएको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिकाले जनाएको छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिकाले शुक्रबार एक विज्ञप्ति जारी गरी गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रममा नबोलाइएको बताएको हो ।
नेपालमा चर्चामा रहेको मन्त्री गुप्ताको अमेरिका भम्रण एनआरएनएको आयोजनामा हुन लागेको भन्ने बिषयमा जारी विज्ञप्तिमा उल्लेख छ– एनआरएनए अमेरिकाले कुनै कार्यक्रम आयोजना नगरेकोे र गुप्तालाई निमन्त्रणा दिइएकोक छैन । आफ्नो नाम, लोगो, इआईएन नम्बर तथा डिजिटल पहिचान दुरुपयोग गरी केही व्यक्ति वा समूहले अवैध तथा अनधिकृत गतिविधि सञ्चालन गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
एनआरएन अमेरिकाले जारी गरेको प्रेस विज्ञप्तिमै संघ संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको एक आधिकारिक संस्था भएको उल्लेख गर्दै, संस्थाको नाम र पहिचान प्रयोग गरी गरिने कुनै पनि अनधिकृत गतिविधिले गम्भीर कानुनी, आर्थिक तथा प्रतिष्ठागत जोखिम सिर्जना गर्ने बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ, एनआरएन अमेरिका को आधिकारिक जानकारी, स्वीकृति तथा निर्णय बिना कुनै पनि व्यक्ति वा समूहले संस्थाको नाम, ईआईएन नम्बर, वेबसाइट वा डिजिटल प्लेटफर्म प्रयोग गरी कार्यक्रम, आर्थिक संकलन वा अन्य गतिविधि सञ्चालन गर्नु गैरकानुनी हो र त्यसको पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति वा समूह स्वयं हुनेछन्।
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरिएको छैन, न त एनआरएन अमेरिकाले अमेरिकामा कुनै युवा सम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।
संस्थाका प्रवक्ता सन्देश उप्रेतीले जारी गरेको विज्ञप्तिमा विषयको गम्भीरतालाई मध्यनजर गर्दै यस्ता गैरकानुनी गतिविधिबारे अमेरिकी होमल्याण्ड सेकुरेटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक जानकारी गराइसकिएको संघले जनाएको छ ।
यसैबीच, मन्त्री गुप्ताले अमेरिका जानका लागि टिकटदेखि आवश्यक खर्चको लागि आयोजक खोजिरहेको समाचार पनि सार्वजनिक भएको छ । यसअघि मन्त्री गुप्ताले अमेरिकामा जाने आउने टिकटदेखि सबै खर्चको ब्यवस्थाकपन एनआरएनए अमेरिकाले नै ब्यहोर्ने बताएका थिए । भ्रमणको खर्चका लागि आयोजक खोजी गर्नु र अमेरिकाबाट एनआरएनले नबोलाएको र कार्यक्रम समेत आयोजना नगरेको प्रेस विज्ञप्ति आउनुले पनि मन्त्री गुप्ता झन् विवादमा परेका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend