Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • नेकपा दाहाल – नेपाल समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा शुरु


    बुधबार, फाल्गुन १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युष्टि पार्टी (नेकपा)  दाहाल- नेपाल समूहको केन्द्रीय कमिटी बैठक अहिले पेरिस डाँडा शुरु भएको छ ।

    नेकपाले केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाएको हो । आजको  बैठकमा केन्द्रीय सदस्यहरूलाई पार्टीको परिचय पत्र वा नागरिकता लिएर उपस्थित हुन सर्कुलर जारी गरिएको छ ।

    फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्ने तय भएसँगै दाहाल-नेपाल समूहले  भावी दिनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न  केन्द्रिय कमिटीको बैठक बोलाइएको  एक नेताले जानकारी दिए ।

     प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि विभाजित बनेको नेकपा कानूनी रूपमा एक देखिए पनि ब्यबहारिक रुपमा दुई भागमा बाँडिएको छ । 

    फागुन ११ मा सर्वोच्च अदालले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि यो समूह बैधानिकरूपमा संसदीय दलको नेता परिवर्तन गर्दै ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार