Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभाका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने


    बिहिबार, पुष २४ २०८२
    535
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएकाहरुबिरुद्ध आज उजुरी दिन सकिनेछ ।

    हिजो सातै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो ।

    निर्वाचन आयोगका अनुसार आज ती उम्मेदवारी उपर उजुरी परेमा यही पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने आयोगको कार्यतालिका छ ।

    यसैगरी पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    राष्ट्रिय सभाको १८ सिटका लागि ४४ जनाको उम्मेदवारी परेको छ । ती सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार