काठमाडौँ । नेपाली कांग्रेसमा विवादका बीच आज विशेष महाधिवेशन आह्वान हुँदैछ ।
विशेष महाधिवेशन पक्षधरले गठन गरेको ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ले आज प्रतिनिधिहरूलाई विशेषका लागि आह्वान गर्न लागेको हो ।
विशेषका लागि सचिवालयका तर्फबाट शान्ति सुरक्षाका व्यवस्थाका लागि स्थानीय प्रशासनमा पत्राचार गरेका नेता मनोजमणि आचार्यले आज विशेष महाधिवेशन आह्वान गरिने जानकारी दिए ।
नेता आचार्यले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशनको आह्वान गर्ने तयारी रहेको पनि बताए ।
नेता आचार्यले सचिवालयको तर्फबाट मंगलबार शान्ति सुरक्षाको व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।
विशेष पक्षधरले महाधिवेशनका लागि यसअघि नै भृकुटीमण्डप ‘बुकिङ’ गरिसकेको छ । सचिवालयले विशेष महाधिवेशनका लागि विभिन्न समितिहरू पनि गठन गरिसकेको छ ।
महामन्त्रीद्वय थापा र शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशनको विकल्प नभएको जनाएको छ । तर सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ को प्रतिनिधि सभा निर्वाचन अगाडि विशेष महाधिवेशन गर्न नसकिने जनाएको छ ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend