Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • सीमामा भारतीय अतिक्रमण तिब्र, सीमारक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल निरीह


    मंगलबार, पुष २२ २०८२
    2.2K
    Shares
    भारतीय पक्षले यसरी गाडेको छ एक्लौटी रुपमा गाडेको पिल्लर । इन्सेटमा सशस्त्रको १३ नं. गण पर्साका एसपी पुरनचन्द्र भट्ट
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • नारायणप्रसाद शर्मा

    काठमाडौं । देशमा राजनीतिक संक्रमणकाल लम्बिदै जाँदा सीमा अतिक्रमण र नागरिकताको खरिद बिक्री तिब्र बन्छ । नेपालको सीमा क्षेत्र व्यवस्थापनका हिसावले अत्यन्तै कमजोर अवस्थामा छ ।

    सीमा नियमन दुरुस्त नभएकै कारण लागूऔषध तस्करी मौलाएको छ । दोहोरो नागरिकता लिनेहरुले बैंक तथा वित्तीय संस्थामा ठगी गर्ने क्रम बढ्दो छ । सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बल नेपाललाई खास गरी १२ वटा जिम्मेवारी सरकारले दिएको उल्लेख छ ।

    पर्सामा भएका बोर्डर आउटपोष्ट (बीओपी)मा तैनाथ गरिएका सशस्त्र बलमा कार्यरत सुरक्षाकर्मीहरुलाई माथि देखिएका सीमाका ढलेका पिल्लरहरुले गिज्याएका छन् ।

    बीरगन्ज महानगरपालिका वडा नम्बर १ को छपकैया बजार क्षेत्रको सिमानामा यो अवस्था देख्न पाइन्छ ।  डायरी एक्सप्रेस साप्ताहिककका सम्पादक नारायणप्रसाद शर्मा र अधिवक्ता धनञ्जय खनालले सीमा क्षेत्रको स्थलगत अध्ययन गर्दा यो स्थिति देखिएको हो । सशस्त्र प्रहरी बलका बिओपी प्रमुखदेखि जुन संख्यामा तैनाथ गरिएको छ । उनीहरुले के रिपोर्ट बुझाएका छन् ? प्रष्ट देख्न सकिन्छ ।

    यही क्षेत्रमा झण्डै ५५ बिघा जमिन भारतीय पक्षले अतिक्रमण गरेको छ । यसका विषयमा स्थानीय एक नेपालीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको स्थानीय रबिन्द्र महत्तो कोइरीले बताए । सीमामा जथाभावी रुपमा पिल्लर बनाउँदै नेपालतर्फ घुसाउने र पुराना पिल्लरहरु हटाउने कार्य गरिँदै आइएको अवस्था छ ।

    भकुवा ब्रम्हास्थान छपकैया बजार, बीरगञ्ज महानगरपालिका–१ मा लडेको पिल्लर गम्भीरा साह तेलीको जग्गासँगैको हो । गम्भीरा नेपाली नै हुन् । पिल्लर ट्याक्टर गुड्दा भाँचिएको स्थानीयको भनाइ छ । गम्भीरा साहको बीरगञ्ज महानगरपालिका क्षेत्रमा मात्रै झण्डै २ सय विघा जमिन भएको बताइन्छ । त्यसो त उनै गम्भिरा साहले एक बर्षअघिदेखि किसानले मल, बीउ, लैजान प्रयोग गर्ने सार्वजनिक जग्गा पनि हडपेको आरोप छ ।

    यही ठाउँमा हुसेनी साह तुरहाका छोरा रामजित साह तुरहाका नाति जादुलाल साहले झण्डै ५० बिघा जग्गा बैंकमा धितोका रुपमा राखे । उक्त ऋणको उनले साँवा र ब्याज दुबै बुझाउन छाडेपछि बैंक लिलामी प्रक्रियाका लागि अघि बढ्यो । तर, ऋण लिने ब्यक्ति मरिसकेका थिए । त्यसपछि बैंकका अधिकारीहरुले पनि ऋण उठाउन भन्दा खराव कर्जा बढेको हिसाव देखाएर उक्त प्रक्रिया बन्द गरिदिए । त्यसपछि उक्त जग्गामा भारतीय पक्षले आँखा गाड्यो । सुरुमा उक्त जग्गा खेम चनले किनेका थिए । जग्गु साहका नाममा जग्गा ल्याइयो । उनी जग्गाका बिचौलिया थिए ।

    सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालका २६० वटा (बोर्डर आउट पोष्ट) बीओपी छन् जसमध्ये चीनतर्फ ११ र अन्य सबै भारततर्फ छन् । पर्सामा नेपाल–इण्डियासँग सिमाना जोडिएका ७ स्थानमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी) भवन निर्माण गरिएका छन् । भवन निर्माण भएका स्थान पर्साको आसबारी, ठोरी, ब्रह्मनगर, सुवर्णपुर, भिस्वा, पकाहामैनपुर र अमरपट्टि बोर्डर आउट पोष्ट रहेका छन् ।

    सशस्त्र प्रहरीको सीमा सुरक्षा हेर्ने गणका प्रमुखहरुमाथि सीमा क्षेत्रमा हुने तस्करी खुलाएबापत मोटो रकम असुल्दै आएको आरोप लाग्ने गर्दछ । मधेश प्रदेशको प्रमुख हुँदा सशस्त्र प्रहरीका एआइजी गणेश ठाडामगरले पूरै तस्करी खुला गरेको भन्दै भन्सार प्रशासकहरुले पनि आपत्ति जनाएका थिए । तर, उनै ठाडामगरलाई तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले सम्मान गरेका थिए । खाँणको नक्कली भुटानी शरणार्थी काण्डमा अदालतमा मुद्दा चलिरहेको छ ।

    पछिल्लो समयमा सशस्त्र प्रहरीहरु पनि सीमा सुरक्षामा भन्दा तस्करहरुसँग मोलाहिजा गरी अवैध रकम संकलन गर्ने होडबाजीमा लागिपरेको आरोप लाग्ने गरेको छ ।

    सशस्त्र प्रहरीका पूर्व आइजिपी शैलेन्द्र खनालले अमित अग्रवाल नामका मदिरा ब्यवसायीलाई कोडौं रुपैयाँ मिटरब्याजमा लगाएको आरोप लागेको थियो । तथापि छानबिन हुन सकेन । तर, सीमा क्षेत्रमा सुरक्षाको अवस्था भने यिनै पिल्लरहरुले देखाएका छन् । भारतको पनटोका बजारबाट नेपालतर्फको यो भू(भाग बर्षेनी मिच्ने र नयाँ नयाँ पिल्लर सार्ने काम हुँदै आएको स्थानीयहरु बताउँछन् ।

    सीमा क्षेत्रमा ३० मिटर नेपालतर्फ ल्याएर गाडिएका पिल्लरहरुको विषयमा सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्सामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टले अहिलेको समयमा यस्तो हुनै नसक्ने भन्दै कुनै ठाउँमा नेपाली र कुनै ठाउँमा भारतीय पक्षले सीमा मिचेको बताए । अहिलेको समयमा यसरी रातारात पिल्लर सार्ने काम नहुने जानकारी दिए । एसपी पुरनचन्द्र भट्टले लामो समयदेखि सादा पोशाकका घुमुवा राखेर असुली धन्दा चलाएको आरोप लागेको छ ।

    एसपी भट्टका प्रमुख सहयोगी र घुमुवा कमान्डर, सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रप्रकाश मल्लले उनलाई तस्करसँग सम्पर्क गराउँदै आएको बताइन्छ । यस विषयमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापासँग सम्पर्क गर्दा के भएको हो एसपी सावसँग बुझ्छु भन्ने प्रतिक्रिया दिए ।

    सशस्त्र प्रहरी बललाई सरकारले देहाय बमोजिमको जिम्मेवारी दिएको छ :

    १. नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न

    २. नेपालको कुनै भागमा भएको वा हुनसक्ने सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न

    ३. नेपालको कुनै भागमा भएको वा हुनसक्ने आतंककारी गतिविधि नियन्त्रण गर्न

    ४. नेपालको कुनै भागमा भएको वा हुन सक्ने दंगा नियन्त्रण गर्न

    ५. नेपालको कुनै भागमा भएको वा हुनसक्ने दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पु¥याउन

    ६. नेपालका कुनै नागरिक वा अरु कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भीर अपराध घटेमा वा गम्भीर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा त्यसलाई नियन्त्रण गर्न

    ७. नेपालको सीमा सुरक्षा गर्न

    ८. बाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्न

    ९. नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन, संरचना र अन्य स्थल आदिको सुरक्षा गर्न

    १०ं नेपाल सरकारले सुरक्षा दिनुपर्ने ठह¥याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्न

    ११. यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानून बमोजिम तोकिएका कार्यहरु गर्न

    १२. नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य कार्यहरु गर्न ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार