Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३ हजार एक सयले बढ्यो सुनको भाउ, तोलाको कतिमा हुदैछ कारोबार ?


    मंगलबार, पुष २२ २०८२
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले बढेको हो।

    मंगलबार छापवाल सुन प्रतितोला २ लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १९५ रुपैयाँले बढेर आज ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी ४ हजार ६८५ रुपैयाँमा कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार