काठमाडौं । तनहुँ २ का सांसद कृष्णकुमार श्रेष्ठ(किसान) प्रचण्ड–माधव समूहसँग घनिभूत सम्पर्कमा पुगेको सूचना बाहिरिएपछि उनले खण्डन गरेका छन् । सांसद श्रेष्ठले प्रचण्डसँग कुराकानी भएको प्रतिक्रिया कान्तिपुरमा दिए । तर समाचार आएपछि उनी अप्ठेरोमा परे । र, आफूले भन्दै नभनेको कुरा समाचारमा आएको भन्दै जोगिन खोजे । उनले ओली समूहमा रहेका उनले आफू प्रचण्ड–नेपाल समूहमा गएको समाचार गलत भएको भनेर प्रतिवाद गरेका छन् ।
किसान श्रेष्ठले भनेको भन्दै ‘मेरो सबै नेताहरुसँग कुरा हुन्छ, मलाई प्रचण्डले बोलाउनुभएको हो, मन्त्रीको प्रस्ताव गर्नुभएको’ प्रतिक्रिया कान्तिपुरमा आएको थियो । कान्तिपुरमा समाचार आएपछि उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रचण्डसँग कुरै नभएको भन्दै विज्ञप्ति नै जारी गरेका छन् ।
श्रेष्ठले आफूले प्रचण्डसँग कुरा भएको भनी कसैलाई पनि प्रतिक्रिया नदिएको भनेपछि कान्तिपुर संवाददाता विनु सुवेदीले आफूसँग रेकर्ड नै रहेको उल्लेख गरेकी छन् ।
सुवेदीले लेखेकी छन्–‘कृष्णकुमार श्रेष्ठज्यू, नमस्कार । हिजो ४.३५ मा तपाईंले मलाई कल गर्नुहुँदा हामीबीच २ मिनेट २७ सेकेण्ड कुरा भयो । अब पत्रकारले फोन गर्दा आफ्नो मोबाइल रेकर्डमै राख्छ भन्ने यहाँलाई अबगत नै छ । तपाईंसँग मेरो औपचारिक–अनौपचारिक कुरा हुँदा जे ‘कोट’ मा राख भन्नुभो तपाईंको नाम सहित राखियो, यसमा चाहिँ कोट नगर्नु है भनेको कुरा गरिएन । फेरि सम्झाउँछु, फोन संवादको रेकर्ड मोबाइलमा जीवितै छ । म भएको कुरा भएन र नभएको कुरा भयो भन्दै बक्तब्यबाजी गर्दिन, न त पत्रकारिताको मर्म भुलेर फोन रेकर्ड नै सार्वजनिक गर्छु । तर पत्रकार र सांसदको हैसियतमा तपाईं र मेरो संवाद न पहिलो हो न अन्तिम हुनेछ । यदि बोलेको कुरा बिर्सिनुभा हो भने के बोल्नुभाथ्यो भेटेको बेला सुनाउँला । अहिले यति आग्रह गर्छु आफूलाई अतिकति सच्याउनुस् सांसदज्यू ।’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend