काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मिलन लिम्बूले समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका छन्।
सोमबार लिम्बूले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै समानुपातिक सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको बताएका हुन्। ‘म, हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको ११० जनाको बन्दसूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा समावेश रहेता पनि उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु,’ उनले भनेका छन्।
संविधानमा सुनिश्चित समानुपातिक समावेशी प्रणालीलाई अवलम्बन गर्ने रास्वपाको प्रतिवद्धताका आधारमा समानुपातिकतर्फ उम्मेदवारी दिएको उनले उल्लेख गरेका छन्। अन्य पार्टीसँग एकता भएपछि व्यवस्थापनमा देखिएको समस्यालाई ध्यानमा राखेर नाम फिर्ता लिने निर्णय गरेको लिम्बूले जनाएका छन्।
समानुपातिक उम्मेदवार छनोटका लागि रास्वपाले पार्टीभित्र पनि मतदान गरेको थियो। त्यसमा लिम्बूले सबैभन्दा बढी मत पाएका थिए। त्यसप्रति पनि उनले कृतज्ञता जनाएका छन्।
लिम्बूले भनेका छन्, ‘समानुपातिक उम्मेदवार चयन गर्ने क्रममा प्राइमरी कलेक्सन भएको थियो। यस क्रममा अत्याधिक मत दिएर यहाँहरूले व्यक्त गर्नु भएको विश्वासप्रति कृतज्ञ रहँदै पार्टी नेतृत्व, रास्वपा मित्रहरू र आम शुभेच्छुकप्रति आभार व्यक्त गर्दछु।’
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend