काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनको घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले काठमाडौं महानगरका मेयर बालेन शाहलाई बयानमा बोलाएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, जेनजी प्रतिनिधि सुदन गुरुङ, पुरुषोत्तम यादव लगायतसँष् बयान लिइसकेको आयोगले पत्र पठाएर बालेनलाई पनि बोलाएको हो । बालेनलाई आयोगले बयानमा बोलाएको उनका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।
जेनजी आन्दोलनका पहिलो दिन काठमाडौं महानगरले पानी वितरण गरेको थियो । त्यस्तै दोस्रो दिन २४ गते तत्कालीन प्रधानमन्त्री केपी ओली लगायतले राजीनामा दिइसकेको भन्दै बालेनले जेनजीलाई आन्दोलनबाट फर्किन आह्वान गरेका थिए ।
त्यस्तै बालेने नयाँ सरकार गठन गर्ने सन्दर्भमा जेनजीहरुलाई सेनासँग वार्ता गर्न र प्रतिनिधि सभा विघटनलाई सर्त राख्न आग्रह गरेका थिए । वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस गर्नमा पनि उनकै हात रहेको बताइन्छ ।
यी सबै घटनामा बालेन प्रत्यक्ष नदेखिएपनि अपत्यक्ष रुपमा उनको संलग्नता रहेको भन्दै आयोगले उनलाई बयानमा बोलाएको हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend