काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत् मुख्यमन्त्री यादवले मधेस भूमि सदियौँदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकता कायम राख्न अपिल गरेका हुन्।
धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदाय बीचको विवादले उग्र रुप लिन थालेपछि मुख्यमन्त्री यादवले सामाजिक सञ्जालमार्फत् शान्ति, सदभाव र एकताको लागि अपिल गरेका हुन्।
‘मधेसी भूमि सदियौँदेखि हिन्दु–मुस्लिम–सबै समुदायको साझा घर हो। विविधता मधेसको सामर्थ्य र शक्ति हो। मधेसको शक्ति एकतामा छ, विभाजनमा होइन,’ मुख्यमन्त्री यादवले फेसबुकमा लेखेका छन्, ‘हाल केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाले हामी सबैलाई मर्माहत बनाएको छ। हिंसाले कहिलेपनि समाधान दिँदैन। हिंसाको बाटोले व्यक्ति, समाज र राज्य सबैलाई आहत पुर्याउँछ।’
उनले धर्मका नाममा भइरहेको घृणा, हिंसा र विभाजनले हामी सबैलाई कमजोर बनाउँने भन्दै हिंसा सभ्य संस्कारमा स्विकार्य नभएको बताएका छन्।
उनले सबै धर्मगुरु, राजनीतिक दल, युवा र सचेत नागरिकलाई संयम, संवाद र सहअस्तित्वको बाटो रोज्न पनि आग्रह गरेका छन्।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend