Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • काठमाडौँ-५ मा एमालेबाट ईश्वर पोखरेलको एकल उम्मेदवार सिफारिस


    सोमबार, पुष २१ २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेकपा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ।

    आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी निर्वाचनमा पोखरेलको नाम उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो।

    बैठकले पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको छ।काठमाडौँ-५ पोखरेलले नियमित निर्वाचन लड्ने उनको गृहक्षेत्र हो।

    आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार