Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • दिल्ली जानु अघि प्रचण्डले भेटे ओली, के-के भयो छलफल ?


    आइतबार, पुष २० २०८२
    600
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज वार्ता भएको छ ।

    दुई नेताबीच जेन जेड आन्दोलनपछि ललितपुरस्थित एमाले कार्यालय च्यासलनजिकै एक घरमा दुई नेताबीच सौहार्द छलफल भएको हो ।

    सरकारले चुनावको वातावरण बनाउनुको साटो दल र शीर्ष नेताको मानमर्दन गरेको दुवै नेताले समीक्षा गरेका छन् । नेकपा संयोजक ‘प्रचण्ड’को सचिवालयका अनुसार समसामयिक विषयमा दुई नेताबीच गहन छलफल भएको छ ।

    आसन्न निर्वाचनको वातावरण बनाउने, राष्ट्रिय सभा निर्वाचनमा सहकार्यको सम्भावना र सरकारले चुनावको वातावरण बनाउन नसकेको विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको बताइएको छ । ‘प्रचण्ड’ले आज दिल्ली जानुअघि ओलीसँग भेटवार्ता गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार