काठमाडौँ। रोल्पामा जिप दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ। घटनामा अरु ९ जना विद्यार्थी घाइते भएका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
शनिबार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर फर्किँदै गरेका विद्यार्थी सवार ग.१ ज ६६६६ नम्बरको बोलेरो जिप शनिबार राति १० बजेतिर दुर्घटनामा परेको हो।
सुनछहरी गाउँपालिका-१ सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी लिएर सुनछहारी-४ स्युरीतर्फ जाँदै गरेको ग. १ ज ६६६६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर सुनिल थापा नेपालीले जानकारी दिए।
मृत्यु हुनेमा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल बिक रहेका छन्।
‘घटनास्थलबाट उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पुर्याउँदा चिकित्सकले उनीहरूलाई मृतक घोषणा गरेका हुन्,’ इन्पेक्टर नेपालीले नेपालखबरसँग भने, ‘घाइते नौ जना घाइतेलाई थप उपचारको लागि बुटवल सीटी अस्पताल लगिएको छ।’
दुर्घटनापछि प्रहरीले जिप चालक रोल्पाकै लुंग्री गाउँपालिका-७ का २५ वर्षीय मन्सुर घर्तीलाई पक्राउ गरेको छ।
काठमाडौँ । इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-९ का २७ वर्षीय स्पर्स...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिकाका तीन तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच...
काठमाडौँ। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले चाडपर्वलाई लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा काठमाडौं...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी धर्मपत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भए पनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend