Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • भेनेजुएलाका राष्ट्रपति मादुरोलाई कब्जा गर्ने अपरेसनमा १५० सैन्य विमान प्रयोग


    आइतबार, पुष २० २०८२
    605
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • एजेन्सी । अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल डान केनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न लामो समयदेखि योजना बनाइएको खुलासा गरेका छन् ।

    केनका अनुसार महिनौँसम्म तयारी गरिएको यो उच्च जोखिमयुक्त मिसन केही घण्टामै सफलतापूर्वक सम्पन्न गरिएको हो ।

    अपरेसनबारे जानकारी दिँदै जनरल केनले भने, ‘यो केवल सैन्य कारबाही मात्र थिएन । अमेरिकी सेनाका सबै गोप्य एजेन्सीहरू पूर्ण समन्वयमा यसमा संलग्न थिए ।’

    उनका अनुसार यस्ता प्रमुख अपरेसनका लागि विस्तृत योजना, निरन्तर अभ्यास र सूक्ष्म अध्ययन अनिवार्य हुन्छ। जनरल केनले मादुरोको गतिविधि लामो समयदेखि निगरानीमा राखिएको बताए ।

    उनका अनुसार अपरेसन शुक्रबार राति अबेर सुरु भएको थियो। त्यस क्रममा १५० भन्दा बढी विमानहरू अमेरिकी तथा सहयोगी देशका अड्डाबाट उडान भरेका थिए । ती विमानहरू करिब २० फरक–फरक जमिन तथा समुद्री स्थानहरूबाट परिचालन गरिएको थियो ।

    यस क्रममा अमेरिकी सैनिकहरू गोलीबारीमा परेका थिए, जसका कारण उनीहरू आत्मरक्षामा कारबाही गर्न बाध्य भए ।

    अन्ततः मादुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिइयो । मादुरो दम्पतीलाई अमेरिकी युद्धपोत युएसएस इवो जिमा मा पुर्‍याइएपछि न्यूयोर्क लगिएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार