Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • एमाले उपमहासचिव भट्ट कैलाली-४ बाट निर्वाचन लड्ने


    शुक्रबार, पुष १८ २०८२
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट फागुनमा हुने निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर-४ बाट लड्ने भएका छन्।

    क्षेत्र नम्बर-४ को समन्वय कमिटीको चौधौँ बैठकले भट्टलाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाउने निर्णय गरेको एमाले कैलालीका उपाध्यक्ष लोकेन्द्र शाहीले जानकारी दिए। उम्मेदवारका लागि भट्टको एकल नाम सिफारिस गरिएको उनले बताए।

    भट्ट अहिलेसम्म यही निर्वाचन क्षेत्रबाट निर्वाचन लड्दै आइरहेका छन्। २०६४ पछि अहिलेसम्म चार पटक निर्वाचन लडेका उनले दुई पटक जित र दुई पटक हार बेहोरेका छन्। भट्ट यसअघि र हाल एमालेका प्रदेशका एक मात्र पदाधिकारी हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार