काठमाडौं । जाँचबुझ आयोगको म्याद बुझ्न अस्वीकार गरेका प्रमुख दलका दुई शीर्ष नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले म्याद बुझेको खुलेको छ ।
जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंसबारे जाँचबुझ गर्न गठन भएको आयोगले दुवै जनालाई आफ्नो धारणा राखिदिन आग्रह सहित पत्र पठाएको थियो ।
व्यक्तिगत सुरक्षा अधिकृत ९पीएसओ० सँगको समन्वयबाट पत्र र म्याद बुझाउने प्रयास भएकोमा दुवै नेताहरूले पत्र बुझ्न अस्वीकार गरेका थिए ।
कांग्रेस सभापति देउवाले आफू नै २४ भदौको आगजनीबाट पीडित भएको, घर जलेर नष्ट भएका कारणले अन्यत्र बस्नु परेको, अनि जेनजी आन्दोलनका बेला आफू राज्यको कुनै भूमिकामा पनि नरहेको भन्दै त्यस्तो अवस्थामा किन बयान दिने रु भनी प्रश्न गरेका थिए ।
त्यसैगरी प्रचण्डले पनि जेनजी आन्दोलनका बेला आफू प्रमुख विपक्षी दलको नेताको भूमिकामा रहेको, त्यतिबेला सत्तामा रहेकाहरुमाथि खबरदारी गरिरहेको तर उल्टै आफ्नो घरमा आगजनी भएको अवस्थामा के आधारमा बयान दिने भनी प्रश्न गरेर पत्र बुझेका थिएनन् ।
तर आयोगको समन्वयमा खटिएका कर्मचारी र सुरक्षा अधिकारीहरूले बयान नभई सोधपुछ र धारणाका लागि पत्र पठाइएको स्पष्ट पारेका थिए ।
आयोगलाई सहयोग गर्न आग्रह गर्दै उनीहरूले पठाएको पत्र बुझ्न अस्वीकार गरेमा सार्वजनिक सञ्चारमाध्यमहरूबाट सार्वजनिक सूचना निकालिने र त्यसपछि सहयोग नगरेमा त्यही ब्यहोरा प्रतिवेदनमा समावेश हुने चेतावनी दिएका थिए।
‘त्यसपछि दुवैजनाले केही घण्टाको फरकमा पत्र बुझ्नुभएको बुझेको पाइएको छ । तर आयोगमा जाने वा लिखित जवाफ पठाउने भन्नेवारे केही तय भइसकेको छैन ।
आयोगले जेनजी आन्दोलनका तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि लागि पत्र काट्ने तयारीमा आयोग रहेको छ । यसअघि आयोगले सम्बन्धी सबै व्यक्तिको बयान लिइसकेको छ ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend