काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन र घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने अन्तिम तयारी गरेको छ ।
आयोगले सम्भवतः आज शुक्रबार नै पूर्वप्रधानमन्त्री ओलीलाई बयानका लागि औपचारिक पत्र काट्ने तयारी गरेको हो ।
यसअघि आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग सोमबार र बुधबार बयान लिएको थियो । लेखकको बयान सकिएसँगै उनीमाथि लगाइएको स्थानहद समेत आयोगले हटाएको छ । यता ओलीले भने यसअघिदेखि नै आफूले आयोगमा बयान नदिने बताउँदै आएका छन् ।
ओलीलाई पत्र काट्नुअघि आयोगका पदाधिकारीहरूले बिहीबार वर्तमान प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी वस्तुस्थितिबारे ब्रिफिङ गरेका थिए । जेनजी आन्दोलनसँग जोडिएका अन्य उच्चपदस्थ अधिकारीहरूको बयान लिने काम लगभग सकिएको छ । अब ओलीको बयान मात्र बाँकी रहेको र त्यसपछि प्रतिवेदन लेखनको प्रक्रिया सुरु हुने आयोगका एक अधिकारीले जानकारी दिए ।
आयोगले आगामी माघ ९ गतेभित्रै सरकारलाई छानबिन प्रतिवेदन बुझाउने लक्ष्यका साथ काम गरिरहेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपाली राजनीतिमा ठूलो तरंग ल्याएको थियो, जसमा राज्य पक्षबाट भएको दमनको विषयलाई लिएर यो उच्चस्तरीय आयोग गठन गरिएको हो ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend