जनकपुरधाम । आफैंले बोकेको पेस्तोल हराएको पत्तो नपाउने नेपाल प्रहरीका एक जुनियर अधिकृतलाई कारबाही नगरी जोगाउन मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलिया नै लागेका छन् ।
जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत कवईगोठका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) संजीव मिश्रले चार दिनअघि सोमबार पेस्तोल हराएका थिए । ७ राउन्ड गोली लोड गर्न मिल्ने अमेरिकी पेस्तोल बोकेर ड्युटीमा गएका उनले हराएका थिए ।
कवईगोठ चौकी सीमाक्षेत्रमा पर्दछ । मिश्र सीमाक्षेत्रमा ड्युटीमा जाँदा आफैंले बोकेको पेस्तोल हराएका थिए । सोमबार हराएको पेस्तोल आज बिहीबारसम्म पनि भेटिएको छैन ।
सई मिश्रले पेस्तोल हराएपछि मधेश प्रदेश प्रहरी कार्यालयका एसपी भेषराज रिजालको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । रिजालले उनलाई जोगाउन खोजेका छन् । डीआईजी थपलिया पनि उनलाई जोगाउनेतर्फ लागेको आरोप छ ।
पेस्तोल लिएर आएमा कारबाही नगर्ने हिसाबले सई मिश्रलाई उन्मुक्ति दिन लागिएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend