Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पनि घट्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?


    बिहिबार, पुष १७ २०८२
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको भाउ आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ४ सय रुपैयाँले घटेको हो।

    बिहिबार छापवाल सुन प्रतितोला दुई लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार सुनको मूल्य तोलामा दुई लाख ६१ हजार रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर चार हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य तोलाको चार हजार ४ सय ७० रुपैयाँमा कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार